गभर्नरमा कसले बाजी मार्ने हो कुन्नि !
राष्ट्र बैंकमा आगामी चैत तेस्रो सातादेखि रिक्त हुने गभर्नरका लागि दौडधुप शुरु भएको छ । कर्मचारीलाई उमेर हद लागे पनि गभर्नर बन्नलाई भने यस्तो प्रावधान छैन । धेरै योग्यता नतोकिएको र उमेर हदको बन्देज नलगाइएकाले राजनीतिक र आर्थिक पहुँच पुग्नासाथ विगतमा केहीले उक्त पदमा पुग्न इच्छा देखाएकै थिए ।
राष्ट्र बैंक ऐनमा गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनतर्फ कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्ल…