रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण कसूर आकर्षित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा कसूरमा मुद्दा चलाउन माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
कास्की प्रहरीले रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकीलको कार्यालयमा पेश गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्मा नेतृत्वको टोलीले आज सरकारी वकिलको कार्यालय पुगेर प्रतिवेदन बुझाएको एसपी श्याम ओलियाले जानकारी दिए । उनका अनुसार अब सरकारी वकील कार्यालयले प्रतिवेदनको अध्ययनपछि मुद्दा दर्ताको प्रक्रिया अ…