अख्तियारले गर्दा झण्डै मेरो ज्यान गएन
०४६ सालयता अध्यागमन विभागको महानिर्देशक बनेका तीन दर्जनमध्ये धेरैको त फोटोमात्र झुण्डिए । तीमध्ये स्मरणयोग्य काम गर्ने कर्मचारीका रुपमा चिनिन्छन् शरदचन्द्र पौडेल । अध्यागमनमा जे जति सुधार भएका छन्, त्यसको अधिकांश जस, उनैलाई जान्छ । चार दशकअघि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका उनले अधिकांश समय गृह मन्त्रालय र यसअन्तर्गत काम गरे । हुम्ला, रुकुम, तेह्रथुम, इलाम, काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहे । निर्वाचन आयोग, योजना आयोगसहित यातायात व्यवस्था विभागको महानिर्देशक र अध्यागमन विभा…