अत्तालिएको माओवादीलाई अनेक अवसर
दश वर्षे सशस्त्र युद्ध गरेर शान्ति सम्झौतामार्फत खुला राजनीतिमा अवतरण गरेको नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पटक–पटक भन्ने गर्छन्, ‘अरुले पिठो बेचे हामीले चामल पनि बेच्न सकेनौं ।’ उनको भनाइको मतलव माओवादीले शान्ति प्रकृयापछि देश र जनताका पक्षमा गरेका राम्रा कामका बारेमा प्रचार गर्न नसकेर जनताबाट टाढिँदै गएको छ । संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा एक्लै बहुमत ल्याएको माओवादी पार्टी २०७९ सालमा आइपुग्दा प्रत्यक्ष निर्वाचनतर्फ संघीय सं…