मै राज्य हुँ, मेरो आदेश कानुन हो
– अधिवक्ता प्रेमराज सिलवाल
एकातर्फ मुलुक अराजकता, कानुनहीनता, बेथिति, जबर्जस्ती, दादागिरी र हुलहुज्जतमा गयो, जाँदै छ । लोकतान्त्रिक गणतन्त्रलाई ‘गाँडतन्त्र’ र ‘भाँडतन्त्र’ बनाउन खोजिँदैछ । राजनीतिमा कुनै योगदान नभएका भुइँफुट्टाहरूले राजनीति सिकाउँदै छन् । अर्काेतर्फ नागरिकका दुःख अनेक छन् । सवारी चालकको अनुमतिपत्र लिनका लागि भएको कष्टपीडा भोग्नेलाई मात्र थाहा हुन्छ । राष्ट्रिय परिचय–पत्र र जिल्ला प्रशासन क…