समाचार

सभापति त्यो कुरा सुन्नासाथ सनक्क

रामचन्द्र पौडेलले जसै स्थानीय निर्वाचनमा पार्टी पराजयको कारण खोतल्न थाले, सभापति शेरबहादुर देउवा भुतभुताउँदै कार्यकक्ष छाडेर हिँडे । घटना अघिल्लो बिहीबार बिहानको हो । सानेपास्थित केन्द्रीय कार्यालय, सभापतिको कार्यकक्ष । उपस्थिति थियो, महेश आचार्य, सशांक कोइराला, रामचन्दै पौडेल र सभापति देउवाको । कुराकानीकै क्रममा रामचन्द्रले फ्याट्ट सोधे, ‘पहिले हामीले जितेको ठाउँमा दोस्रो भएर एमालेको पछिपछि हिँड्नुपर्ने अवस्था आउनुको कारण के हो ? यही चाल हो भने अर्को चरणमा तेस्रो पोज…