समाचार

आइजिपी नहुँदा के–के अड्किए ?

झट्ट हेर्दा पुलिसले बर्दी लगाएकै छन् । समाउनुपर्ने मान्छे समाएकै छन् । हवल्दारले सुन लुटे, ती पनि प्रहरीकै खोरमा छन् । तर, हेरिँदा देखिएका दृष्यमात्र छैनन् प्रहरीमा । सर्वसाधारणको आँखाले पहिल्याइनसकेका, तर राष्ट्रिय सुरक्षा, संगठनको छवि र प्रहरी मनोबलका दृष्टिले नेपाल प्रहरी अहिले यति बिकराल अवस्थामा छ कि, यस्तै स्थिति अर्को एक महिना रहने हो भने हेडक्वार्टरमा ताला ठोकेर हाकिमहरु घरमा सुत्न गए हुन्छ भन्छन्, एकजना वरिष्ठ अधिकृत । नेपाल प्रहरीसँग दुई दर्जनभन्दा बढी विदेशी नियोग तथा द…