समाचार

सिमाना एकातिर मात्रै छ हजुर !

द्वन्द्वकालीन घटनाका नाममा गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिइँदैन भनेर महान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगलाई बचन दिएका त छन्, तर बचनविपरित फिर्ता लिने लहरै चलेको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार श्रेष्ठले मानवअधिकार आयोगलाई ‘जानीजानी हत्या गरिएको कसुरमा ऐनले तोकेका सजायँ हुन्छन्, फिर्ता लिन पाइँदैन’ भनेर फर्किए पनि टीकापुर हत्याकाण्डका केही आरोपीको मुद्दा फिर्ता लिने चरणमा सरकार पुगेको छ । त्यस घटनाका आरोपीमध्ये २०–२५ जना जेलमा छन् । …