समाचार

चेलीहरू दूतावासबाट चिच्याउँदै

ओली सरकारद्वारा कार्यक्षमतामाथि प्रश्न उठाउँदै फिर्ता बोलाइएका दीपकुमार उपाध्याय फेरि राजदूत बनेर दिल्ली जाँदैछन् । तर, त्यसअघि नै उनीसमक्ष त्यहाँ तैनाथ महिला कूटनीतिज्ञले उजुरीको पोको पठाइदिएका छन् । त्योचाहिँ हाल कार्यवाहक राजदूत रहेका सहसचिव कृष्णप्रसाद ढकालमाथि लक्ष्यित छ । यी मातहत कर्मचारी, विशेषगरी महिलाको शत्रु नै रहेको दिल्लीस्थित दूतावासको निश्कर्ष छ । जस्तै, नासु सिर्जना अधिकारीलाई ‘यो खतरनाक मान्छे हो, पंधेर्नी हो, झगडा लाउँछे, योसँग जोडिनु हुन्नजस्ता’ …