कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय
-अलेक्जेण्डर दुगिन
रूसी सुरक्षा परिषदको स्थायी समितिको हालैको बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको आणविक सिद्धान्त ‘आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू’ मा संशोधनको घोषणा गरेका छन् । यसलाई निकै महत्वपूर्ण घटनाको रुपमा लिइएको छ ।
घोषणामा सबैभन्दा महत्वपूर्ण पक्षको रुपमा आणविक सिद्धान्तमा केही नयाँ कुरा समावेश गरिएको छ । कुनै पनि गैरआणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमणलाई अर्को आणविक राष्ट्रद्वारा समर्थन गरिएमा त्यसलाई रूसी संघमाथिको स…