गभर्नर नियुक्तिको एजेण्डासहित क्याबिनेट बैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने एजेण्डा राखिएको छ ।
आजै अपरान्ह अर्थ मन्त्रालयमा बसेको गभर्नर उम्मेदवार सिफारिस समितिले डा. विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको बताइन्छ । क्याबिनेटले एक नम्बरमा रहेका पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति यसअघि प्रधानमन्त्री ओली र काँग्रेस सभापति शे…