आगो सल्काउनैपर्ने हो र आन्दोलनका नाममा ?
संविधानको धारा १७ अनुसार आफ्ना विचार राख्ने स्वतन्त्रता सबैलाई छ । लोकतान्त्रिक गणतन्त्रमा विचार र विरोधको स्वतन्त्रता हुन्छ । आफ्नो विचारले अर्काे व्यक्ति र समूहलाई क्षति र असर नपरोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा दाह्रा बजाएर अर्काेलाई उत्तेजित पार्ने काम मात्र बढी हुन थाल्यो । व्यापक अर्थमा त्यो पनि एक प्रकारको हिंसा हो । विश्वमा हिंसाभन्दा अहिंसाबाट ठुल्ठूला राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन भएका छन् । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले शान्तिपूर्ण संघर्षबाटै मुलुकलाई रंगभेद मुक्त बनाए…