बाहिर सरकार परिवर्तनको चर्चा,भित्र नियुक्ति र भागबण्डाको सल्लाह
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । केही दिनयता सरकारको आयुलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको पृष्ठभूमिमा दुई शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टाभन्दा बढी समय सम्वाद भएको बुझिएको छ ।
भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघिदेखि सरकार परिवर्तनबारे दिएको अभिव्यक्तिउपर कुराकानी केन्द्रित …