घण्टीको बेइज्जत गर्दै चन्दा संकलन
'मागेर छोराको बिहे' भनेजस्तै रवि लामिछानेको पार्टी रास्वपाका केन्द्रीय सदस्य पुकार बमले पढाई खर्च जुटाउन भन्दै उठाऊ धन्दा शुरु गरेका छन् । हार्वर्ड युनिभर्सिटीको हार्वर्ड केनेडी स्कूलमा पढ्न जान लागेको भन्दै उनले सामाजिक सञ्जालमार्फत रकम मागेका हुन् ।
साँच्चै आर्थिक अभाव हो भने मनकारीहरुसँग हात फैलाउनु अन्यथा होइन । तर, उनले जुन व्यक्तव्य सार्वजनिक गरेर पैसा मागेका छन्, त्यो भने लाजमर्दो नै देखिन्छ ।
पुकारको वक्तव्य नर्सिसिज्मको उदाहरणबाहेक अरु केही लाग्दै…