राति सहमति गर्नुहुँदैन भनेर कतै लेखिएको छ र ?
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा दिन र रात फरक नहुने बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको जवाफ दिँदै राजनीतिक दलहरुबीच जुनसुकै बेला नयाँ सहमति हुनसक्ने उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रकी सांसद दुर्गा राईले, ‘गत असार १७ गते त्यस्तो के आइलाग्यो कि १२ घण्टा पर्खनै नसक्ने गरी मध्यरातमै सहमति गर्नुपर्यो ?’ भनेर सोधेको सन्दर्भमा उहाँको उक्त धारणा आएको हो ।
प्रधानमन्त्री ओलीले ‘राजनीतिक दलहरुबीचको सहमति दिउँसो मात्रै हुनु…