धरानका मेयर पनि बालेन बन्न खोजेपछि ..
काठमाडौँलगायत देशका ठूला स्थानीय सरकारमाथि निर्माणभन्दा ध्वंसलाई बढावा दिएको आरोप लागिरहेका बेला उत्कृष्ट काम गरेर चर्चामा रहेको धरान उपमहानगरपालिकासमेत विवादमा मुछिएको छ । शहरमा निर्मित भौतिक संरचनामाथि डोजर चलाउन थालिएपछि उपमहानगर विवादमा परेको हो ।
भौतिक संरचना भत्काउने अन्य स्थानीय तहका निर्णयको चर्को आलोचना गर्ने धरानका मेयर हर्क साम्पाहाङ राई त्यसलाई ध्वंसको संज्ञा दिने गर्थे । तर, आज बिहानै स्थानीयको घर भत्काउन उपमहानगरको डोजर धरान–५ स्थित देउराल…