यी हुन् प्रधानमन्त्रीसँगै अमेरिका जाने सात जना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साँझ ६ बजे अमेरिकातर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्र संघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा भएर न्युयोर्क जान लाग्नुभएको हो ।
काठमाडौंबाट दोहासम्म कतार एअरवेज र दोहाबाट न्युयोर्कसम्म अमेरिकन एअरलाइन्सको उडानमा नेपाली प्रधानमन्त्री नेतृत्वको टोली जाने उडान तालिका छ । जसमा प्रधानमन्त्रीकी सुपुत्री गंगा दाहाल, परराष्ट्र मन्त्रालयका तीन जना अधिकारी,दुई जना सुरक्षा अधिकृत र एक जना राष्ट्रिय समाचार समित…