रवि लामिछाने 

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ओली सरकार गिर्ने रविको ठोकुवा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै केपी ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् । संविधान दिवसको अवसरमा रास्वपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । अहिलेको सरकार दुई तिहाईको भनिए पनि देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको लामिछानेले बताए । दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने त्यस्तो नदेखिएको उनको दाबी छ । …