भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १३३ पुग्यो, १४० घाइतेमा ३० जना निको
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर हिजो राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३३ पुगेको छ । त्यस्तै, १४० जना घाइते भएको विवरण प्राप्त भएको छ ।
प्रहरीका अनुसार हालसम्म जाजरकोटमा ९५ र रुकुम-पश्चिममा ३८ जनाको ज्यान गएको छ । त्यस्तै, जाजरकोटमा ५५ र रुकुम-पश्चिममा ८५ जना घाइते छन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । जाजरकोटका ५५ घाइतेमध्य २२ जनालाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।
रुकुम-पश्चिमका ३० जना घाइते अस्पतालबाट डि…