जुवाडे वडाध्यक्षलाई जोगाउन नामै फेरियो
जुवाखालबाट समातिएका जनप्रतिनिधिलाई छुटाउन नाम परिवर्तनसम्मको चलखेल शुरु भएको खुलेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का वडाध्यक्ष बुद्धिमान तामाङ्गलाई छुटाउन नाम परिवर्तन गरेर अर्को जुवाडे खडा गर्न लागिएको बुझिएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङ्गसहित ११ जना जुवाडेको समूहलाई प्रहरी वृत्त,बौद्धले गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकाबाट पक्राउ गरेको थियो । २०७९ सालमा नेकपा माओवादी केन्द्रबाट सोही वडाको वडाध्यक्षमा उम्मेदवार बनेका दि…