अपराध

बलात्कारको आरोप लागेका फरार युवक पक्राउ

बलात्कार आरोप लागेपछि फरार एक युवकलाई रुकुम पश्चिममा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका १० मारीकाट्टेका १९ वर्षे खड्कबहादुर परियारलाई पक्राउ गरेको हो । उनले गत असार १८ गते मध्यरातमा घरमा सुतिरहेकी २४ वर्षीया एक महिलालाई कोठामा गएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । त्यस सम्बन्धी उजुरी प्राप्त भए पनि आरोपी फरार रहेका थिए । फरार रहेका प्रतिवादीको खोजतलासको क्रममा आज उनकै घर वतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी…

Page 188 of 201