विद्यार्थीलाई जब गुरुले मोबाइलमा देखाए अश्लील सामग्री
शिक्षकले बालबालिकालाई मोबाइलमा अश्लील सामग्री देखाउन थालेपछि अभिभावक त्रसित भएका छन् । काभ्रेको महाभारत गाउँपालिका–३ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देवीन्द्रकुमार विष्टले बालबालिकालाई पुस्तकका स्थानमा अश्लिल सामग्री देखाएका हुन् ।
०७८ फागुन १२ गते बिहान ११.४५ बजे शिक्षक बिष्टले कक्षामा बालबालिकालाई मोबाइल मार्फत यौनजन्य अश्लिल श्रव्यदृश्य देखाएको अभियोगमा २७ जना छात्रछात्राले उजुर गरे । कक्षा ८ का बालबालिकाको उजुरीका आधारमा शिक्षक बिष्ट पक्राउ प…