'होस्टेल'मा जम्ने अब कसको पालो ?
०७० असारमा चलचित्र 'होस्टेल' रिलिज भयो । यसै चलचित्रबाट अभिनेता अनमोल केसीसहित प्रकृति श्रेष्ठ, सलोन बस्नेत र गौरव पहारीले ठूलो पर्दामा डेब्यु गरे ।
खासगरी युवापुस्तालाई टार्गेट गरेर निर्माण गरिएको यस चलचित्रले बक्स अफिसमा राम्रै कलेक्शन गर्यो । फलस्वरुप, यस चलचित्रबाट डेब्यु गरेका सबै कलाकारले अहिले राम्रो करिअर बनाइसकेका छन् ।
दुई वर्षपछि 'होस्टेल'को दोश्रो सिक्वेल बन्यो, 'होस्टेल रिर्टन्स' । यहि चलचित्रमार्फत स्वस्तिमा खड्का, नाजिर हुस…