बोल बोल, प्रष्ट बोल अनमोल
नायक अनमोल केसी अर्काे अप्ठ्यारोमा परेका छन् । उनीमाथि ५ लाख ठगी गरेको उजुरी बोकेर निर्माताद्वय जयन श्रेष्ठ र रूपेश खड्गी महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पुगे । आरोप थियो, चलचित्र धुपौरेमा अभिनय गर्छु भनेर एडभान्स लगेको तर चलचित्र नखेलेको ।
प्रहरीले यो उजुरी आफ्नो कार्यक्षेत्रभन्दा बाहिर भएको भन्दै नेपाल चलचित्र निर्माता संघमा पठाइदियो । त्यहाँ दुवै पक्षलाई राखेर दुई पटक छलफल पनि भएको हो । तर, छलफल चल्दै गर्दा निर्माताद्वय जयन, रूपेश खड्की, निर्देशक सान्तेन भुटियाहरू अनमो…