उता बितेका र बिदेशिएकाको नाम हट्यो,यता संख्या बढ्यो
निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको निम्ति मतदाता संख्यालाई अन्तिम रुप दिएको छ । पछिल्लो छ महिनामा मुलुकभर ४० हजार मतदाता बढेको पाइएको छ । आयोग स्रोतका अनुसार गत बैशाख १५ गते सप्पन्न रिक्त संघीय सांसद र प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भन्दा अहिले ३९ हजार ८४९ मतदाता थपिएका हुन् ।
आयोगले यस पटक मतदाता नामावलीबाट सकेसम्म यसअघि बितेका मतदाताको नाम हटाउने अभियानै चलाएको थियो । सबै स्थानीय तहलाई यथासक्य छिटो घटना दर्ता विवरण पठाउन लिखित पत्र पठाइएको थ…