समाचार

​कता हराए लोकमानसिंह कार्की ?

अख्तियार लथालिंग छ, नेतृत्वविहीन छ । न दलहरुलाई नयाँ नियुक्ति गर्ने हतारो छ, न त त्यहीँ रहेकालाई कन्फर्म गर्ने सहमति छ ।  यस्तो अवस्थामा दुई महिनाअघि दिल्ली, अमेरिका हुँदै क्यानाडा पुगेका लोकमानसिंह कार्की जेठी छोरी आध्याले बच्चा पाउने दिन नजिकिएसँगै अमेरिकाको एटलान्टा शहर पुगेका छन् । सुत्केरी छोरीको स्याहार–सुसारमा डेढ महिना बिताएर उताउतै पुनः क्यानाडा जाने कार्यक्रम छ । नेपालको तनाव भगाउन कार्कीदम्पत्ति थप दुई महिना क्यानाडातिरै अल्मलिने योजनामा रहेको बताइन्छ…