समाचार

पत्नीसहित मन्त्री बेपत्ता

एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । राज्यमन्त्रीलाई श्रीमतीसहित घुमाउने काम चीनकै गेजुवा कम्पनीले गरेको हो । गेजुवा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको विवादित कम्पनी हो । चाइना गेजुवा एण्ड पावर ग्रुप कम्पनी लिमिटेडले नेपालको त्रिशूली तीन ‘ए’ आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको भनी विवादमा आइरहेको छ । त्रिशूली तीन एको क्षमता वृद्…