समाचार

बेचन झाविरुद्ध मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ । प्रहरीको अनुसन्धान रायसहितको प्रतिवेदनका आधारमा झाविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ । असार १३ गते काठमाडौंमा पक्राउ परेको भनिए पनि उनलाई भारतबाट ल्याइएको थियो । त्यसपछिको झण्डै डेढ महिना लामो अनुसन्धानपछि आज मुद्दा दायर गरिएको हो ।

Page 165 of 1378