रास्वपाले भ्रष्टाचारमा हदम्याद नमान्ने, टिआरसीको पक्षमा बोल्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको सो पार्टीको बैठकले उक्त भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा त्यस्तो धारणा बनाएको हो । भ्रष्टाचारसम्बन्धी कानून संशोधनका क्रममा केही राजनीतिक दलले हदम्याद राख्ने कुरा ल्याएको जनाउँदै प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीलाई त्यो स्वीकार्य नहुने बताए ।
भ्रष्टाचार गरेको आशंका भए जहिले पनि मुद्दा चलाउनुपर्ने र निश्चित समय राखे…