कुलमानसङ्ग प्रधानमन्त्री फेरि क्रुध्द
बिजुलीको बक्यौता नतिर्ने उध्योगको लाइन काटिएकोमा चित्त दु:खाउने गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि फेरि खनिनुभएको छ ।
शुक्रबार आफ्नै दल नेकपा एमालेले नारायणहिटी अगाडि आयोजना गरेको 'जागरण सभा' लाई सम्बोधन गर्ने क्रममा कुलमानप्रति उहाँको असन्तुष्टि प्रकट भएको हो । 'बिजुलीको बक्यौता उठाउन नसक्ने तर उद्योगीको लाइन काट्दै हिँड्ने ?' भन्दै सरकारकै एउटा निकायको नेतृत्वसँग उहाँ आक्रोशित हुनुभएको …