रास्वपाको अधोगति नरोकिने ठोकुवा गर्दै स्वतन्त्रहरुलाई गोलबद्ध हुन आह्वान
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललगायत पक्राउ परेपछि पीडितहरुमा बचत फिर्ता हुने आशा पलाएको देखिन्छ । कतिपय सहकारी पीडितहरु खुशी छन्, जुन स्वभाविक पनि हो । तर, यतिबेला लामिछानेको पक्राउले सबैभन्दा धेरै खुशी छन्, रास्वपाका निलम्बित महामन्त्री डाक्टर मुकुल ढकाल ।
विभिन्न जिल्ला घुमेर तयार पारेको अध्ययन प्रतिवेदनमार्फत सभापति लामिछानेलाई प्रश्न गरेकै कारण कारवाहीमा परेका उनी पछिल्लो समय श…