निर्वाचन आयोग

इलाम र बझाङमा सार्वजनिक यातायात चल्ने, मतदाता ओसार्न नपाइने

निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास जारी भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, यसपटक भने मतदाताको सुविधाका लागि मतदाता ओसारपसार नगर्नेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।  आयोगले मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ …

Page 1 of 3