आज बयान सकेर रविलाई कास्की फर्काउने तयारी
सुप्रिम सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज तेस्रो दिन बयान शुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहान १० बजेदेखि बयान शुरु भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।
मंगलबार पहिलो दिन मौखिक सोधपुछ र हिजो ९ घण्टा लामो लिखित बयान लिइएको थियो । जिल्ला न्यायाधिवक्…