अपराध

नयाँ कानुन पारितपछि तेस्रोलिङ्गी मोडलको हत्या

जर्जियाकी चर्चित तेस्रोलिङ्गी मोडल केसरिया अब्रामिजको हत्या भएको छ । टिब्लिसीस्थित आफ्नै अपार्टमेण्टमा उनको हत्या भएको बताइएको छ । ३७ वर्षीया केसरिया जर्जियामा लैंगिक समुदायको हक अधिकारको लागि लड्ने पहिलो तेस्रोलिङ्गीसमेत हुन् ।  गत मंगलबार जर्जियाको संसदबाट समलिङ्गी विवाह र तेस्रोलिङ्गीहरुको अधिकारमाथि प्रतिबन्ध लगाउने कानुन पारित भएप्छि केसरिया नेतृत्वको तेस्रोलिङ्गी समुदायले उक्त कानुनको विरोध गरेको थियो । त्यसको भोलिपल्ट भएको केसरियाको हत्यालाई अर्थपूर्ण ठानिएको छ । …

Page 1 of 201