एमाले सचिव रायमाझीका छोरालाई प्रहरी हिरासतमा राख्न अनुमति
पूर्वमन्त्री, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रुपैयाँ कुम्ल्याएको आरोपमा पक्राउ परेका उनलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको हो ।
हिजो राति बुटवलमा पक्राउ परेका सन्दीपलाई आज बिहान बुद्ध एअरको उडानमा काठमाडौँ ल्याइएक…