आय त बढ्यो तर बिकृति र पारिवारिक बिखण्डन नि !
पछिल्लो समय नेपालमा वैदेशिक रोजगारी आय आर्जनको राम्रो विकल्पका साथै एउटा जटिल समस्याको रुपमासमेत स्थापित हुँदै गइरहेको छ । यसले कतिको घर उजाडेको छ त सैयौँको ज्यानसमेत लिएको छ । वैदेशिक रोजगारीकै कारण नेपाली समाजमा नकारात्मक असरसमेत परिरहेको छ । वैदेशिक रोजगारी सम्बन्धविच्छेदको मात्र नभई हत्याको पनि कारण बन्न पुगेको छ ।
गत साउनको पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पत्तिको कारुणिक मुत्यु भयो । यता,राजधानीको काठमाडौँमा पनि त्यस्तै…