अपराध

बैंक ठगेर भागेका केदार पोर्चुगलमा समातिए

नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई भागेका काभ्रेका केदार ढुंगाना पोर्चुगलबाट समातिएका छन् । काभ्रेको भुम्लु गाउँपालिका-१ का ४३ वर्षीय ढुंगानाले नक्कली सवारी दर्ता बनाएर देवः विकास बैंकका काठमाडौं र ललितपुरका विभिन्न शाखाबाट सवारी साधन कर्जाबापत २ करोड ७१ लाख ७६ हजार रकम ऋण लिएका थिए । किस्ता रकम नबुझाएपछि वैंकले सवारी साधन लिलामीका लागि यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा किर्ते गरेको खुलासा भएको हो । ढुंगानासहित १२ जना प्रतिवादीहरुले नक्कली कागजातका आधारमा…