निहारिकालाई मधेश सरकारद्वारा पाँच लाख सहयोग
‘कुमारी आमा’ निहारिका राजपुतलाई मधेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । न्यायका लागि संघर्ष गरिरहेकी उनलाई कानुनी लडाईका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने क्याविनेटले निर्णय गरेको हो । अर्थमन्त्री शैलेन्द्र साहले निहारिकालाई मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको सिफारिसमा सो सहयोग गरिएको जानकारी दिए ।
निहारिकाले आफ्नो बलात्कारपछि बच्चा जन्मिएको भन्दै आरोपी र बच्चाको डीएनए टेष्ट गर्न माग गर्दै आएकी छन् । धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ…