ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर म्याग्दीमा
ग्लोबल आइएमई बैंकले म्याग्दीमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताइएको छ ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक, बेनी शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ ।
एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदा…