समाचार

​म्याडमलाई बुझाउनेको मस्ती

देशलाई चुनावले छोपिसक्यो । उम्मेदवार खर्चको जोहो गर्ने दौडधूपमा छन् । प्रधानमन्त्री पत्नी र प्रतिनिधिसभाकी उम्मेदवारसमेत रहेकी डा.आरजु देउवालाई भने चुनावअघि नै पाँच करोड जुटाउने तयारी उनका विश्वासपात्रहरूले मिलाइसकेका छन् । आरजुका लागि ५ करोड जुटाउने पैसा बिदेसिने गरिब नेपालीका छोरीछोरीले ऋण गरी दिनुपर्ने छ । अहिलेसम्म नेपालीका लागि रोजगारीको गन्तव्यका रूपमा रहेका मलेसियासहितका ६ वटा मुलुकमा जाने गरिब नेपालीले भिसा र टिकट फ्री पाउने र उनीहरूले मेनपावरलाई सेवा शुल्क…