जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिकस्तर उकास्न हिजो बसेको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको हो ।
पालिकाका अध्यक्ष शुक्र चुमानले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएकाले पालिकाका ३४ जना जनप्रतिनिधिका छोराछोरीलाई पनि आगामी शैक्षिक सत्रदेखि स…