समाचार

​विद्यादेखि हात्तीसम्मको सुरु भयो घमासान

दौरासुरुवालमा ठाँटिएर नोमिनेसन गर्न ठिक्क परेका कामरेडहरू अन्ततः हिस्स परेका छन् । हिजो स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत मनोनयन पत्र दर्ता गर्ने दिनभरजसो एमाले नेता विशेषतः काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार टुंग्याउन नसक्दा घम्साघम्सी गरिरहँदा बाहिर बसेका आकांक्षी भने अहिल्यै नोमिनेसन गरिहालौँलाझैं ठाँटिएर हिँडेका थिए ।  काठमाडौं महानगरमा अन्ततः युवा नेता विद्यासुन्दर शाक्य उम्मेदवार बनेका छन् । तर, मिडिया प्रपोगन्डामा अगाडि रहेका केशव स्थापित र बूढानीलक…