समाचार

​अदालतप्रति प्रमको आक्रोश

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जानुअघि पार्टी हेडक्वार्टरलाई गरेको ब्रिफिङ यस्तो थियो, ‘अन्तर्राष्ट्रिय चलन कार्यवाहक दिने सन्दर्भमा एकनासको छैन । कसैलाई दिए हुन्छ । नदिए पनि हुन्छ । यो प्रधानमन्त्रीको स्वविवेकको अधिकार र नितान्त प्राविधिक कुरा हो । म गएपछि फस्र्ट मेन, सेकेण्ड मेन को हुने भन्ने झगडा छ । बसेर सबैसँग सिरियस्ली कुरा गर्न पनि समय पुगेन । अहिलेको भ्रमणमा औपचारिक सन्धि–सम्झौता गर्नेभन्दा पनि पाइपलाइनमा रहेका योजनालाई कार्यान्वयनमा ल्याउने वाता…