डा. युवराजको २० अर्ब ४ वर्षमा झिरिप
बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा एक्विजिसन हुँदै गर्दा विगतमा अर्थमन्त्री, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर र अमेरिकाका लागि राजदूत बनेका डा. युवराज खतिवडाको विद्वतामाथि प्रश्न चिह्न उठेको छ । अरुको सल्लाह नमान्ने तर आफ्नो कुरो नसुन्ने मुनितिरकालाई ठेगान लगाउने खतिवडाको रणनीति हालैका दिनमा उदाङ्गो बनेको छ ।
गभर्नर छँदा एमालेकै संविधानसभा सदस्य इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंकलगायतलाई स्वीकृति दिए । जति टाँग अड्याए पनि तामाङले बैंकको स्वीक…