नेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या
नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज दिउँसो १ बजेदेखि नेटवर्कमा समस्या आएको हो । टेलिकमको मोबाइल नेटवर्कअन्तर्गतका कुनै नम्बरमा फोन नलाग्ने, ब्यालेन्स चेक, एसएमएस, डेटासमेत चलाउन नमिल्नेजस्ता समस्या देखिएको छ ।
म्यासेज पठाउन र पुग्न पनि १० देखि १५ मीनेट लागिरहेको टेलिकमको सिम प्रयोगकर्ताहरुको गुनासो छ । उक्त समस्या एकैछिनमा समाधान भए पनि पुनः दोहोरिएको उपभोक्ताहरुको गुनासो छ ।
टेलिकममा यो समस्या बारम्बार देखिँदै आएको छ । गत माघ ३ गते दिउँसो १२ ब…