रविका लागि ओली र लिङ्ग्देनको 'डेलिगेशन'
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगको कसूरमा छानविन हुनसक्ने चर्चाका बीच उनैलाई गृहमन्त्री बनाउने विषयले सत्ता गठबन्धनमा विवाद चर्किएको छ । नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुन: सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका लामिछानेलाई 'रोक्ने र बोक्ने' बीचको तनावले गठबन्धनमा विवाद बढेको छ ।
लामिछानेलाई तत्कालै गृहमन्त्री बनाउनुपर्ने अडानमा रहेका एमाले…