समाचार

चुनावमा तीन दिन सार्वजनिक बिदा

सरकारले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । गृह मन्त्रालयले मंसिर २, ४ र ५ गते बिदा दिने निर्णय भएको जनाएको छ । मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंसिर २ गते शुक्रबारका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ गते सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको छ । निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोहीबमोजिम सरकारले निर्णय गरेको बताइन्छ ।  …

Page 1217 of 1279