राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सर्वोच्चको रोक
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले उल्ट्यादिएको छ ।
न्यायाधीश मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न भनिएको छ ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै कयौँ जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुने भन्दै अधिवक्ता …