जसपाको सहअध्यक्षमा रकम, पाँच जना उपाध्यक्ष
जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय पदाधिकारी–कार्यकारिणी समिति, केन्द्रीय समिति र केन्द्रीय निकायमा सदस्य चयन गरेको छ ।
गत जेठ २८ देखि ३० गतेसम्म भएको पार्टीको एकता राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । पार्टीको विधान २०८० (२०८१ संशोधित) को धारा १४१ को उपधारा (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन र धारा २९ को उपधारा (३) र धारा ८७ को उपधारा (१) मा भएको व्यवस्थाबमोजिम केन्द्रीय समितिले पदाधिकारी चयन गरेको हो। …