गोमा जोगिँदा ढाका कसरी खेर गए
‘नेपालको कानुन, दैवले जानुन्’ यो उखान साना, होचा, निमुखा र तल्लो वर्गका नागरिकको हकमा मात्रै सदियौँदेखि लागू हुँदै आएको छ । तर एक जना सांसदले समेत यही अवस्था भोग्नु पर्यो भन्ने सुन्दा धेरैलाई अपत्यारिलो लाग्ला तर भयो त्यही नै ।
यो विषय हो सभामुख देवराज घिमिरेले आँखा चिम्लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको र आँखा झिम्क्याउँदा पोहोर फागुनमै पार्टीबाट निश्कासित जनमतकी सभासद गोमा लाभ सापकोटाको पद जोगिएको । उस्तै…